नेपाली क्रिकेट टोली आइपुग्यो,राजधानीको भब्य स्वागत

नेपाललाई ट्वान्टी-२० विश्वकपमा पुर्‍याएको नेपाली क्रिकेट टिमका सदस्यहरु अहिले ६ बजेर ५ मिनेटमा त्रिभुवन विमानस्थलमा उत्रिएपछि स्वागत गर्नेको ओहिरो लागेको छ ।
फ्लाई दुबई एयरलाइन्सबाट नेपाल उत्रिएकाखेलाडिलाई विमानस्थलमा भव्य स्वागत कार्यक्रमले गर्दा राजधानीको ट्राफिक अस्तव्यस्त भएको छ।
विमानस्थलमा नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ ।  सरकारको तर्फबाट कृषि मन्त्री टेकबहादुर थापा घर्ती स्वागतका लागि विमानस्थलमा पुगेका थिए। 
 क्रिकेट समर्थकहरु फूलामाला, अवीर र राष्ट्रिय झण्डा बोकेर बाजागाजासहित विमानस्थलमा पुगेका थिए ।
त्यसलगत्तै टिमलाई रथमा राखेर परिक्रमा गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपाली टिमलाई भव्य सजाइएको गाडीमा राखेर एयरपोर्टबाट सिनामंगलतीनकुनेबानेश्वरमाइतीघरसिंहदरबार हुँदै नक्सालस्थित खेलाडी बस्दै आएको होटल क्राउन प्लाजामा लगेर राख्ने कार्यक्रम रहेको छ।
टिमलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीविभिन्न संघ संस्थाका पदाधिकारीखेलाडी,नेपाली फ्यानहरुको अहिले एयरपोर्टमा उल्ल्ख्य उपस्थिति रहेको त्यहाँबाट सहकर्मी प्रकाश लामाले बताए ।
यस्तैनेपाली टिमले भोलि किर्तीपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जर्नी टु वल्र्डकप खेल खेली टिमका सदस्यलाई मन्त्रिपरिषद् अध्यक्षसहित विभिन्न राजनीतिक दलका नेता र व्यवसायी उपस्थित डिनर कार्यक्रममा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
बुधबार उपत्यकाका मुख्य ठाउँमा रथमा राखेर नेपाली खेलाडी र पदाधिकारीलाई परिक्रममा गराइने क्यानले जनाएको छ ।
कृषि मन्त्री टेकबहादुर थापा घर्ती 
पारस खड्काका पिता।
शरद भेषवाकरका आामा र बहिनी।
शक्ति गौचन र उनको छोरी।

प्रतिकृया दिनुहोस

Related Labels:

No comments for: "नेपाली क्रिकेट टोली आइपुग्यो,राजधानीको भब्य स्वागत"


Leave a Reply

अन्य