विदेशबाट फर्किएर रहरलाग्दो आम्दानी

म्याग्दीको सिंगा गाविस–२ बास्कुनाका तीलक गुरूङ खाडी मुलुक साउदीमा ६ वर्ष कडा मेहनत गरी घर फर्कदा विदेशी कमाई ७ लाख थियो।
 
स्थानीयस्तरमा काम गर्ने कुनै क्षेत्र नदेखेपछि पुनः विदेश हानिएका उनी करिव १० वर्ष विभिन्न देशमा रोजगारीको सिलसिलामा बिताए। विदेशमा भनेजस्तो कमाई नभएपछि कृषि क्षेत्रमा प्रवेश गरेका तिलकको रहरलाग्दो आम्दानी गरिरहेका छन। 
 
कुखुरा,गाईपालन, सुन्तला खेती र बैमौसमी तरकारी खेतीबाट मासिक एक लाखको हाराहारीमा आम्दानी गरिरहेका छन। “विदेशमा एक वर्षसम्म हुने कमाई मैले अहिले एक महिनामै कमाउँछु” गुरुङले भने ,“आगामी वर्षभित्र आम्दानीलाई दोब्वर बनाउने प्रयासमा रहेको छु। 
 
उनको कृषि क्षेत्रमा प्राप्त गरेको सफलताको सिको गर्दै गाउँ तथा आसपासका युवाहरू समेत कृषि क्षेत्रमा आर्कषित भएका छन। काठमाडांैको कालिमाटी बजारबाटसमेत सुन्तला खोज्दै गाउँमा आएपछि उनमा हौसला बढेको छ। ४ हजार कुखुरा, ५ सय सुन्तलाको रुख, १ उन्नत जातको गाई, दुई भैसी, करिव ८ रोपनी जग्गामा तरकारी खेती गरेका छन। गाउँमा सबै कृषकलाई कृषि क्षेत्रमा समाहित गर्ने योजना बनाइ सामुहिक खेती समेत सुरुवाता गरेका गुरूङ बाँस्कुना कृषि सहकारी संस्थाका अध्यक्ष समेत हुन। दैनिक १ सय लिटर दुध बोकेर सदरमुकाम बेनी आउने गुरूङले कृषि तथा पशुपालन ब्यवसायमा इमान्दारिता आवश्यकता रहेको उनकोे भनाई छ।
 
गाउँमा दुग्ध उत्पादन केन्द्र, कृषि उपज केन्द्रको स्थापना गरी बजारसम्म पुर्‍याउने योजनामा गाउँबाट विदेशमा गएका युवाहरुबाट समेत सहयोगको आश्वासन पाएपछि उत्पादन क्षमता विस्तारको तयारीमा समेत लागेका छन। १९ घरधुरी रहेको बाँस्कुनाका सबैजसो अहिले ब्यवसायिक रुपमा कृषि पेशामा लागेका छन। जिल्लाकै नमुना कृषि क्षेत्र बनाउने अभियानमा लागेका स्थानियको सक्रितालाई प्रोत्साहन दिन जिल्ला कृषि विकास कार्यालयले कृषि उपज केन्द्रका लागि केन्द्रमा प्रस्ताव समेत पठाइसकेको छ।
Related Labels:

No comments for: "विदेशबाट फर्किएर रहरलाग्दो आम्दानी"


Leave a Reply

अन्य