क्रिकेट खेलाडीलाई पन्ध्र हजार पुरस्कार

आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटमा पार्न सफल सुदूरपश्चिमका दुई जना खेलाडीलाई हिमालयन क्रिकेट एकेडेमी महेन्द्रनगरले पुरस्कार दिने निर्णय गरेको छ । 
 
क्रिकेटमा सहभागी सुदूरपश्चिमका विनोद भण्डारी र प्रदीप ऐरीलाई एकेडमीले रु १५ जनही नगद पुरुस्कार दिने निर्णय गरेको हो । शनिबार बसेको एकेडमीको बैठकले देशको इज्जत राख्न सफल दुवै जना खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको एकेडमीका पदाधिकारी शक्ति भण्डारीले बताए ।
 

एकेडमीले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा परेको खुसियालीमा महेन्द्रनगरस्थित कवर्ड हलबाट आज बाजागाजासहित ¥याली निकाली महेन्द्रनगर बजार परिक्रमा समेत गरेको छ । ¥यालीमा यहाँका क्रिकेट खेलाडी, प्रशिक्षक र शुभेच्छुकको सहभागिता रहेको थियो । रासस
तस्विर आइसिसी
Related Labels:

No comments for: "क्रिकेट खेलाडीलाई पन्ध्र हजार पुरस्कार"


Leave a Reply

अन्य