सर्लाहीमा हारको कारण खोज्न खनालको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले बलियो सङ्गठन र जनउभार देखिएपनि सर्लाही क्षेत्र नं १ बाट आफू पराजित हुनाका कारण समीक्षा गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन्।
अध्यक्ष खनालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी जनकपुर अञ्चल समन्वय कमिटी, जिल्ला कमिटी सर्लाही र सम्बन्धित क्षेत्रीय कमिटीलाई यस्तो निर्देशन दिएका हुन्।
उनले सर्लाही क्षेत्र नम्बर १ का १२ वटै गाविसमा एमालेको बलियो जनाधार रहेको भन्दै झिनो मतअन्तरको पराजयले जनताको मनलाई कहिल्यै पराजित गर्न नसक्ने र आफू सदैव सर्लाहीवासीका साथ रहने पनि उल्लेख गरेका छन्।
इामबाट निर्वाचित खनाल एमाओवादीका उम्मेदवार शम्भु श्रेष्ठबाट सर्लाहीमा पराजित भएका थिए।
Related Labels:

No comments for: "सर्लाहीमा हारको कारण खोज्न खनालको निर्देशन"


Leave a Reply

अन्य